१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीका अधिवक्ताको तर्क– ‘केपी ओली राजा र श्री ३ बराबरको अधिकार भएको व्यक्ति हो’


0
Shares

मिरा बस्नेत
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धको बहसमा प्रधानमन्त्रीका अधिवक्ता रामचन्द्र गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजा र श्री ३ बराबरकै अधिकार भएको जिकिर गर्नुभएको छ ।

२००४ को कानुनले श्री ३ लाई र २०४७ को संविधानले राजालाई विघटनको अधिकार दिएको जस्तै अहिलेको संविधानले पनि प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको उहाँको तर्क छ ।

‘२००४ सालको वैधानिक कानुनले श्री ३ लाइ संसद विघटनको आधिकार दिएको थियो । त्यसपछिका संविधानले राजालाई आधिकार दिएका थिए । त्यति नै आधिकार अहिलेको संविधानले केपी ओलीलाई दिएको छ,’ उहाँले भन्नुभयो, ‘श्री २ जति नै अधिकार दिएको छ । प्रधानमन्त्री राजा र श्री ३ बराबरको आधिकार र शक्ति भएको व्यक्ति हो ।’

प्रधान्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिंहा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासमा रिट निवदेकहरुको तर्फबाट बहस सकिएपछि सरकार पक्षका वकिलहरूले बहस गरिरहेका छन् ।