१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाइडेन र सीबीच टेलिफोन वार्ता, इन्डो–प्यासिफिक क्षेत्र स्वतन्त्र रहोस् भन्ने अमेरिकी चाह


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन कुराकानी भएको छ । बाइडनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि चिनियाँ राष्ट्रपतिसँग गरेको यो पहिलो टेलिफोन कुराकानी हो ।

बाइडनले कुराकानीका क्रममा छिनजिङमा भएको मानवअधिकार उल्लंघनको विषयमा कुरा उठाएको ह्वाइट हाउसले जनाएको छ । उहाँले व्यापार, हङकङमा भइरहेको चिनियाँ हस्तक्षेप र ताइवान तनावका विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

कुराकानीमा इन्डो–प्यासिफिक क्षेत्र स्वतन्त्र र खुला रहोस् भन्ने अमेरिकाको चाहना रहेको बाइडेनले बताउनु भएको थियो । चिनियाँ सरकारी टेलिभिजनले राष्ट्रपति सीले खराब सम्बन्ध दुवै मुलुकका लागि घातक हुने जनाएको उल्लेख गरेको छ ।

अमेरिका र चीनबीच व्यापार र कोरोना महामारीको विषयलाई लिएर तनाव छ । बेइजिङले अमेरिकी नयाँ प्रशासनसँग अघिल्लो ट्रम्प प्रशासनले बिगारेको सम्बन्ध सुधारमा लगातार जोड दिँदै आएको छ ।