२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


झाँक्री पक्राउको विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीको पक्राउ विरुद्ध सर्वोच्च अदालतम बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

बिहीबार अपराध महाशाखाको टोलीले राज्यविरुद्धको कसुरमा नेतृ झाँक्रीलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेको केही घण्टामै सर्वोच्च अदालतम बन्दी प्रत्यक्षीकरणको रिट परेको हो ।

यस्तै, राष्ट्रिय मानवअधिकार आयोगको टोली पक्राउपछि नेतृ झाँक्रीलाई राखिएको मीनभवनस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा पुगेको छ । त्यहाँ पुगेर आयोगको टोलीले झाँक्रीको अवस्थाबारे बुझ्नेछ ।