
फाइल तस्वीर
काठमाडौं । विश्व हिन्दु युवा संघले दाहाल–नेपाल समूहको नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तलाई विदेशी विधर्मीको गोटी भएको आरोप लगाएको छ ।
बुधबार दाहाल–नेपाल समूहले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको सभालाई सम्बोधन गर्ने क्रममा पन्तले अनास्था फैलाउने अभिव्यक्ति दिएको भन्दै संघले उहाँलाई विदेशी विधर्मीको गोटीको आरोप लगाएको हो ।
बिहीबार विज्ञप्ति जारी गर्दै संघले स्थायी कमिटी सदस्य पन्तको अभिव्यक्तिप्रति भत्र्सना गर्दै उहाँलाई राजनीतिक बहिस्कार गर्न अपिल गरेको छ ।
पन्तकले बुधबारको विरोध सभामा राजा विरेन्द्र र ज्ञानेन्द्रले पशुपतिनाथको नाम संबोधनपिच्छे जपेर पनि उनीहरूको संकट नटरेको स्मरण गर्दै ओलीलाई पशुपतिले रक्षा नगर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्