१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारत र चीनबीच लद्दाखको सीमा क्षेत्रबाट सेना फिर्ता ल्याउने सहमति


0
Shares

काठमाडौं । भारत र चीनले लद्दाखको सीमा क्षेत्रबाट आआफ्ना सेनालाई फिर्ता ल्याउने सहमति गरेका छन् ।

दुवै देशका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण किनारबाट पछाडि हट्ने सहमति भएको बताइएको छ ।

भारतको रक्षामन्त्री राजनाथ सिंहले लद्दाखको सीमा क्षेत्रबाट सैनिक फिर्ता ल्याउने कदम परमाणुअस्त्रसम्पन्न मुलुहहरूबीच भएको निरन्तरको वार्ताको परिणाम भएको बताउनुभयो ।

संसदमा बोल्दै उहांले गत सेप्टेम्बरयता दुवै पक्षले सैनिक र कूटनीतिक माध्यमहरूबाट कुराकानी थालेको जानकारी दिनुभयो ।

उता चीनको राष्ट्रिय प्रतिरक्षामामिला मन्त्रालयका प्रवक्ताले पान्गोङ त्सो तालबाट संयोजित र व्यवस्थित रूपमा पछाडि हट्ने कार्य आरम्भ भएको बताउनु भएको छ ।

गत जुनमा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो । भारत र चीन दुवैले उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन् । एजेन्सी