
web pic
बर्दिया । बर्दियामा भएको टेम्पो दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्पो चालक राजापुर नगरपालिका ४ दलैका भागिराम चौधरी रहेका छन् ।
कैलालीको टिकापुरवाट आउने क्रममा बर्दिया कैलालीको सिमानामा रहेको सत्तीघाट पुल नजिक टेम्पो दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते चौधरीको उपचारका लागि टीकापुर अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी प्रमुख मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्