
ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि ट्याक्टरका सह चालक पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेका सुर्यमान राईको मृत्यु भएको हो ।
ट्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको थियो । चालक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
ट्याक्टरका चालक नुरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्