
काठमाडौं । फिफा क्लब विश्वकप फुटबलको उपाधि जर्मनीको बायर्न म्यूनिखले जितेको छ । कतारको दोहामा गएराति भएको फाईनल खेलमा मेक्सिकोको टिग्रेस फुटबल क्लबलाई १–० ले हराउँदै बायर्न म्यूनिखले उपाधि जितेको हो ।
बायर्न म्युनिखको जितमा फ्रेन्च खेलाडी बेन्जामिन पाभार्डले ५९ औं मिनेटमा निर्णायक गोल गरे । बायर्नले पछिल्लो नौ महिनामा जितेको यो छैटौं उपाधि हो ।
यसअघि उसले युएफा सुपर कप र जर्मन सुपर कप जितेको थियो । यसैगरि अघिल्लो सिजन उसले जर्मन बुन्डेस लिगासहित, जर्मन कप र युरोपियन च्याम्पियन्स लिग जितेको थियो ।
फिफा क्लब विश्वकप फुटबल प्रतियोगितामा फिफामा आवद्ध ६ वटा महादेश तथा क्षेत्रीय समुहका च्याम्पियनहरुले सहभागिता जनाउने गरेका छन् ।
युरोपियन क्लबले यो उपाधि जितेको लगातार आठौं पटक हो । अघिल्लो वर्ष इग्लीश क्लब लिभरपुलले यो उपाधि उचालेको थियो ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्