१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


मृत्युपछि शरीर दान दिने घोषणा गर्दैं सत्यमोहन जोशी दम्पती


0
Shares

काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गर्दैं हुनुहुन्छ ।

चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिने ललितपुर महानगरपालिकाको प्राङ्गणमा शुक्रवार एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गर्न लाग्नुभएको हो ।

शुक्रबार दिउँसो १:३० बजे आयोजना हुने कार्यक्रमबाट उक्त घोषणा गरिने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा उक्त घोषणा गर्ने कार्यक्रम छ।