१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दलको आधिकारिकता विवाद निरुपणको लागि नेकपा दाहाल समूहको ताकेता


0
Shares

काठमाडौं । नेकपा (दाहाल) समूहले राजनीतिक दलको मान्यतासम्बन्धि विवाद निरुपणमा ढिलाइ भइरहेको प्रति प्रश्न उठाएको छ ।

दलको आधिकारिकता दाबी गर्दै माघ २० गते आयोगलाई दफा ४४ अनुसार निवदेन दिएको सो समूहले विवाद निरुपणमा किन ढिलाइ भइरहेको छ भन्दै आयोगमाथि प्रश्न उठाएको हो ।

दाहाल समूहबाट आयोगमा प्रतिनिधि तोकिएको लिलामणी पोखरेल र राजेन्द्र पाण्डेले लिखित जवाफ माग्दै आयोगमा हिजो पत्र दर्ता गराएका छन् ।

दफा ४४ अनुसार दलको मान्यताका लागि मागदाबी परेको अवस्थामा पनि निरुपण प्रक्रियामा ढिलाइ भइरहेकाले आशंका उत्पन्न भएको पाण्डेले बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त लगायतका पदाधिकारीसँगको छलफलमा सबै कुराहरु कानूनमा स्पष्ट हुँदाहुँदै पनि किन आयोग चुपचाप बसेको भन्दै प्रश्न गरिएको उहाँले बताउनुभयो ।

दाहाल समूहको मागदाबीका विषयमा आयोगले अहिलेसम्म ओली समूहलाई कुनै औपचारिक जानकारी दिएको छैन् ।

कानूनतः १५ दिनको सूचना दिनुपर्ने भएपनि आयोगले त्यसो गरेको छैन् । दाहाल समूहले संशोधित नियमावली राजपत्रमा प्रकाशन नभएको बारेमा पनि आयोग किन मौन रहेको भन्दै प्रश्न उठाएको छ ।

यसैगरी निर्वाचन घोषणपूर्व सरकारले आयोगसँग परामर्श लिएको छ वा छैन भनेर पनि दाहाल समूहले आयोगलाई प्रश्न गरेको छ ।