
काठमाडौं । नागरिक समाजका अगुवाहरुले ओलीले संविधान र प्रजातन्त्र दुबै मिचेको आरोप लगाएका छन् ।
सम्पूर्ण प्रजातन्त्रवादी संघ संस्थाहरूको छाता संगठन प्रजातान्त्रिक विचार समाजको आह्वानमा शुक्रबार माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा उनीहरुले ओली तानाशाह बनेको आरोप लगाएका हुन् ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै डा गोविन्द केसीले संसद विघटन गरेर ओलीले नागरिक अधिकार खोसेको आरोप लगाउनुभयो ।
निरकुंशताविरुद्ध सडकमा आउनुको विकल्प नरहेको बताउँदै केसीले ओली संविधान र प्रजातन्त्रको हत्यारा भएको बताउनुभयो ।
डा केदारनरसिंह केसीले प्रधानमन्त्री ओलीले गैरकानुनी काम गरिरहेको बताउनुभयो । ‘हामी रैती नभएकाले तानाशाहलाई सडक ल्याइन्छ’, त्यसै छाडिन्न’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नागरिक समाज चरणबद्ध रुपमा आन्दोलनमा छ ।
विरोध सभालाई पत्रकार हरिहर विरही, सरस्वती ढुंगानालगायतले सम्बोधन गरेका थिए । प्रदर्शनमा चिकित्सक, कानुन व्यवसायी, शिक्षक, ईञ्जिनियर, पत्रकारहरूको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्