२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


झलनाथ खनाल दिल्ली प्रस्थान


0
Shares

ncp leader Jhalnath khanal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनाल भारत प्रस्थान गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल उपचारका लागि शुक्रबार बिहान दिल्ली प्रस्थान गर्नुभएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि नेता खनाल भारतको दिल्ली गएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

वरिष्ठ नेता खनालको दिल्लीको अपोलो अस्पतालमा उपचार हुनेछ । चार दिन दिल्लीमा रहने नेता खनालले कुनै राजनीतिक भेटघाट गर्ने सम्भावना नरहेको सचिवालयले जनाएको छ ।

नेपालमा राजनीतिक संकट गुज्रिरहेका बेला वरिष्ठ नेता दिल्ली जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।