
प्रकाश लिम्बु
तेह्रथुमको गुराँसे वनको काख यतिबेला खचाखच देखिन्छ । चारैतिर पहाडले घेरीएको सुन्दर मैदानमा अवस्थित पर्यटकीय क्षेत्रको छुट्टै महत्व छ । विभिन्न आकृती कुदिएका ढुङगाहरु र चिरबिर चरीको अवाज सँगै यहाँ पुग्ने पर्यटकहरु मोहित हुने गरेका छन् । तराईका विभिन्न गाउँ र शहरबाट पर्यटकहरु रमाउन पुग्ने गरेका छन् ।
पुर्वी नेपालको पर्यटकीय गन्तब्य बन्दै गरेको तिनजुरे मिल्के छैत्रको छुट्टै बिशेषता छ । तिनजुरेको फेदीमा रहेको आर आर ‘गार्डेन’ यतीबेला वनभोजको लागी पर्यटकहरुको गन्तब्य बन्दै गएको छ । बसन्तपुर बजार नजिकै रहेको गार्डेनमा पछिल्लो समय वन भोजकै लागी आउने पर्यटकहरुको संख्या ह्वातै बढ्न थालेको छ ।
सिरसिर बतास सँगै शान्त सुन्दर वातावरणमा रहेको यस स्थलमा विशेष गरि शनिबार र बिदाको दिन पर्यटकहरुको चाप निक्कै बढी हुने गरेको छ । भौगोलिक वातावरण सँगै प्रकृतीको सुन्दरतामा रमाउने पर्यटकहरुको आकर्षण बढ्दै गएको शमिर सावादेनको भनाई छ । भौगोलिक वातावरण घुम्न लायकको ठाउँ छ भन्ने लागेर घुम्न आएको सावादेनले बताउनुभयो ।
चारैतिर घेराबारा सँगै गार्डेनको बिचमा भएको पोखरीले यहाँ पुग्ने जोकोहिको मन मन्त्रमुग्ध बनाउँछ । यहाँ आउने पर्यटकहरुलाई वनभोजका लागी सहज बनाउन खानेपानीको छुट्टै व्यवस्था गरीएको छ ।
बगँैचाको बिच बिचमा बिश्राम स्थल बनाइएका छन भने गार्डेनले दिने आनन्दको मज्जा बिछ्टै भएको पर्यटक साईन राईको भनाई छ । मन्दिर घुम्न बाँकी रहेको बताउदै राईले घुमेजति सबै ठाउँ राम्रो भएको बताउनुभयो ।
साना तथा ठुला सवारी साधानबाट सहजै रुपमा पुग्न सकिने गार्डेन गुराँस र ढुङगाको बगैचाको रुपमा चिनिएको छ । पारिवारीक तथा सामुहिक भोज गर्नका लागी पर्यटकहरु यहाँ पुग्ने गरेका छन । वनभोजका लागी तराईका विभिन्न जिल्लाहरुबाट पर्यटकहरु आउने गरेका छन् ।
हिउँदयाममा वनभोजकै लागी यहाँ दैनिक रुपमा पर्यटकहरु संयौको संख्यामा आउने गरेको स्थानीय रविकिरण मादेनको भनाई छ । तलतल देखि चिसो हावाको चुस्किसँगै वनभोज गर्न आउने छुट्टै रमाइलो भएको मादेनले बताउनुभयो । दैनिक २ ,३ सय जना घुम्न आउने गरेको उहाँले जानकारी दिनुभयो ।
यो गार्डेनमा पुग्ने पर्यंटकहरु सेल्फी खिच्दै यहाँको सुन्दर वातावरणमा रमाउँने गरेका छन । पर्यटकहरुको चाप सँगै स्थानीय सरकारको आम्दानीमा पनी टेवा पुगेको छ । पर्यटकको थप आकर्षणका लागी स्थानीय सरकारले यहाँका भौतिक निमार्णमा थप चासो देखाउन आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्