१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओलीले तानाशाही प्रवृत्ति देखाएको अधिकारकर्मीहको आरोप


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजले शुक्रबार माइतीघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध खबरदारी गरेको हो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री तानाशाही हुन खोजको आरोप लगाउनुभयो । उहाँले सडक र सदन दुवैमा अराजकतावादी रहेका र उनीहरुले लोकतन्त्रलाई नष्ट गर्न खोजेको भन्दै असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमविरुद्ध सबै बुद्धिजिवी एकै ठाउँमा आउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक डाक्टर गोविन्द केसीले प्रतिनिधिसभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको कर्तव्य रहेको भन्दै आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान र प्रजातन्त्रको हत्या गरेको टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेसका नेता सकलदेव सुतियारले सरकारको संवैधानिक निर्णयलाई राष्ट्रपतिले सदर गरेपछि आन्दोलित बन्नु परेको बताउनुभयो । विरोध कार्यक्रममा प्राध्यापक संघ, चिकित्सा संघ, इन्जिनियर संघलगायत बुद्धिजिवीलगायतले धर्ना दिँदै खबरदारी गरेका थिए ।