
एजेन्सी । भारतको मेरठस्थित जिल्ला अस्पतालमा कार्यरत महिला डाक्टरलाई चकलेट लिएर लेबर रुममा बलात्कारको प्रयास भएको छ ।
रातको ड्युटीमा रहेकी महिला डाक्टर राउण्ड गरिरहेको अवस्थामा त्यहिँ कार्यरत अर्का डाक्टर उनको पछि पछि लागेर लेबर रुममा गएका थिए । त्यहाँ जानेबित्तिकै चकलेट दिएर उनले बलात्कारको प्रयास गरेका थिए ।
घटनाबारे प्रहरीमा जानकारी गराइपछि बलात्कारको प्रयास गर्ने डा. विवेक फरार छन् । अस्पताल प्रशासनले आरोपी डाक्टरलाई विभागीय कारबाही गरिने जनाएको छ । विवेकलाई प्रहरीले खोजिरहेको छ भने अस्पतालले पनि खोजी गरी कारबाही गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्