१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुलिसद्वारा रौतहट पराजित


0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा शुक्रबार भएको खेलमा पुलिसले चन्द्रपुरलाई ३–० ले हराएको हो । पुलिसको जितमा सिर्जना खड्का, निर्मला विक र रेखा पौडेलले १–१ गोल गरे । लिगमा पुलिसको यो चौथो जित हो ।

जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकासँग अङ्क बराबरी गरेको छ । १४ अङ्क जोडेको पुलिस गोल अन्तरका आधारमा चौथो स्थानमा छ । चन्द्रपुर ६ अङ्कसहित छैटौँ स्थानमा छ ।

शीर्ष स्थानमा रहेको एपीएफको २४ अङ्क छ भने आर्मी २२ अङ्कसहित दोस्रो स्थानमा छ ।