१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


विपक्षीमाथि मुख्यमन्त्रीको आरोप


0
Shares

सिन्धुली, साउन ७ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षीहरुले सरकारलाई घेराबन्दीमा पार्न खोजेर स्थायित्व र विकासविरोधी काम गरिरहेको आरोप लगाएका छन् ।

नेकपा सिन्धुलीले पुष्पलाल स्मृति दिवसका अवसरमा सोमबार सिन्धुलीमाडीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सरकार गठन भएको पाँच महिना बित्न नपाउँदै विरोध गर्नुको कुनै औचित्य नभाएको जिकिर गरे ।

विपक्षीले जति नै विरोध गरे पनि सरकार आफ्नो लक्ष्य पूरा गर्न तल्लीन रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री पौडेलले संघीयता र नयाँ संरचनालाई कार्यान्वयन गर्ने समयमा सरकारविरुद्व भइरहेको विरोध र आलोचनाको कुनै औचित्य नभएको बताए ।