
काठमाडौं । एउटा शब थियो, शवलाई मलामीले बोकिरहेका थिए । मलामीले सेतो कपडा लगाएका थिए ।
माघ १२ मा बैतडीको भागरथी भट्टको बलात्कार र हत्याको विरोधमा प्रतिकात्मक शव बनेकी थिइन् अभियन्ता अंशु खनाल । उनी शव बोक्ने खटमा निश्चल थिइन् । उनलाई पहेँलो कपडा ओढाइएको थियो ।
बव बोकेर मलामी दिउँसो २ बजे वसन्तपुर दरवारबाट हिँडे, गन्तव्य थियो सिंहदरबार । मार्चमा थिए सयौँको संख्यामा युवा महिला । उनीहरु बलात्कृत युवतीको शव देशका प्रधानमन्त्री केपी ओलीलाई देखाउन चाहन्थे ।
भागरथी भट्ट, निर्मला पन्त, सम्झना विक बनेर युवा महिलाको टोली सिंहदरवारतर्फ मार्च गर्दा देशका प्रधानमन्त्री केपी ओलीले आफ्नै कार्यलय नटेकेको १० महिना भइसकेको छ ।
हो, कार्यकारी प्रमुखले देश आफ्नै निवासबाट चलाईरहेका छन् । संविधानविरोधी अध्यादेश ल्याउनेदेखि जननिर्वाचित संसद् विघटन गर्नेसम्म उनले बालुवाटारबाटै गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्