
काठमाडौं । घरको ढोका बन्द थियो । आँगनमा भने चहलपहल थियो । आँगनको एक छेउमा सेतो पहिरनमा थिइन्, द्रोपती भट्ट ।
त्यहाँ भेला भएका मानिसबीच द्रोपती भक्कानिँदै भनिरहेकी थिइन्, ‘तई झट्ट घर आ भण्या, मई कईका मुख हेरिबेर भीतर जाउँ ?’ द्रोपतीलाई छोरी भागरथी आउने आशा अझै थियो कि ! घरभित्र रहेका भागरथीका सामान आफन्तको माथिल्लो घरमा सारिएका छन् ।
‘भित्र जाने, उसको लुगा समातेर रुने, उसको र्पिमा फोटो हेरेर कराउने, उसको काइँयो र प्रयोग गर्ने सामान भेट्यो कि रोइहाल्ने भएकाले सामान सारिएको छ , भागरथीका काका शिवराज भट्टले भने।’ अन्नपूर्ण
तस्वीर : गुगल
प्रतिक्रिया दिनुहोस्