२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


देशका केही भु-भागमा वर्षा तथा हिमपातको सम्भावना


0
Shares

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही देशका केही भु – भागमा वर्षा तथा हिमपातको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा पश्चिमी वायुको प्रभावका कारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको प्रदेश १ का केही स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाअनुसार बाँकी भू–भागमा मौसम सफा रहेको छ ।

काठमाडौंमा भने शनिवार सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २१ देखि २३ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर ४३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५४ मिनेटमा हुनेछ ।