२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


भागरथी हत्याको ९ दिन : अझै पत्ता लागेन दोषी, शव अस्पतालमै


0
Shares

Bhagrathi bhatta death after rape

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा अझै पत्ता लागेको छैन ।

शव फेला परेको नौ दिनसम्म पनि दोषीको पहिचान नहुँदा पीडित पक्षले न्याय नपाउने हो कि भन्ने चिन्ता बढ्न थालेको छ। न्यायका लागि बैतडीसहित विभिन्न जिल्लामा दैनिकजसो प्रदर्शन भइरहेको छ ।

प्रहरी उपरीक्षक जनकराज पाण्डे नेतृत्वको टोली सुरुदेखि घटनाको अनुसन्धानमा छ भने माघ २५ गतेपछि डिआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले पनि अनुसन्धान गरिरहेको छ ।

त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका डिएसपीको नेतृत्वमा पनि अनुसन्धान टोली खटिएको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा दर्जनौं मानिसमाथि अनुसन्धान गरिसकेकाले केही व्यक्तिमाथि सूक्ष्म अनुसन्धान गरी प्रमाण भिडाउने काम भइरहेको जनाएको छ ।

यही माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी भागरथीको शव २२ गते लवलेक सामुदायिक वनमा फेला परेको थियो । भागरथीको शवको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख छ ।