८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आक्रोशितले आगो लगाए


0
Shares

बनेपा, साउन ७ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा सोमबार मध्याह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक घाइते भइ उपचारकाक्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । मृतकको नाम भने खुल्न नसकेको जनाइएको छ ।

घटना भएलगत्तै आक्रोशित भीडले टिपरमा आगो लगाउँदा पूर्णरुपमा जल्नाका साथै भीडले चारदोबाटो चोकमा रहेको प्रहरी बिटमासमेत क्षति पुर्‍याएको छ ।

प्रहरीले दमकलको सहायताले टिपरमा लागेको आगो निभाएको थियो ।

प्रहरीले टिपर, त्यसका चालक नुवाकोट, विदुर नगरपालिका–१ बस्ने २९ वर्षीय सुधन श्रेष्ठ तथा मोटरसाइकल नियन्त्रणमा लिएको छ । रासस