१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माइतीघरबाट चेलीका नारा– तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाइँदैन


0
Shares

काठमाडौं । बलात्कारी सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शनिबार पनि प्रर्दशन गरिएको छ ।

आँखामा कालोपट्टी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका युवतीहरूले बलात्कारी हत्याराहरूलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दै नाराबाजी गरेका हुन् । महिला सुरक्षा, अपराधीलाई कारबाही र पीडितलाई न्याय दिन उनीहरूले माग गरेका छन् ।

प्रदर्शनकारीहरूले तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाईदैन, हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी गरेका थिए ।

उनीहरूले केही समय धर्ना समेत दिएका थिए । मुलुकका विभिन्न स्थानमा बलात्कार र हत्याको घटनामा संलग्नको पहिचान र कारवाही नभएपछि त्यसको विरोधमा काठमाडौमा दिनहुँ प्रदर्शन भइरहेको छ ।