
सिन्धुपाल्चोक । हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट ईमेजकर्मी दुर्गा आचार्य सम्मानित हुनुभएको छ ।
हुतराज अर्थचन्द्र जनहितकारी संस्थाले शिक्षा क्षेत्रमा कलम चलाउँदै आएका जिल्लाका दुई पत्रकारलाई वितरण गर्दै आएको पुरस्कारबाट ईमेजकर्मी आचार्य र रेडियो मेलम्चीका देवराज सुवेदी सम्मानित हुनुभएको हो । आचार्य इमेजखबर डटकममा डेस्क इडिटरको रुपमा कार्यरत हुनुहुन्छ ।
सोमबार बसेको संस्थाको कार्यसमिति बैठकले जिल्लाका दुई पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको हो । शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्थाले यसअघि जिल्लामा क्रियाशील चार पत्रकारलाई सम्मान गरिसकेको छ ।
यसअघि सुदर्शन सिग्देल, ऋषिराम पौडेल, धुव्र दंगाल र दिनेश थापाले यो पुरस्कार पाइसकेका छन् । आफ्नो बुबा र सानुबुबाको स्मृतिमा खोलिएको यस संस्थाले २०६८ देखि नै एसएलसीमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गर्दै आएको छ ।
अहिले संस्थाले दृष्टिविहिन, अपागं, दलित र आर्थिक अवस्था न्युन भएकालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । इन्द्रेश्वरी माविको २७ औं वार्षिकोत्सवको वार्षिकोत्सवको अवसरमा पत्रकारलाई पुरस्कार र विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो ।
हुतराज अर्थचन्द्र जनहितकारी संस्था २०६८ मा स्थापना भएको हो । यसले जिल्लामा शैक्षिक, सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्