१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पछारिए– मुख्यमन्त्री पोखरेल


0
Shares

काठमाडौं । ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा सडकमा पछारिएको बताउनुभएको छ ।

ओली पक्षीय नेकपाको लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्डको युद्धको बेलाको अभिव्यक्तिलाई प्रयोग गर्दा आफैँ पछारिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पटक–पटक उहाँले क–कसको ढाडमा टेक्नुभो, क–कसको टाउकोमा हिर्काउनुभो, त्यो इतिहासका कुरा भए । तर पार्टी एकतापछि उहाँ माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हिर्काउन खोज्नुभएको थियो, आज सडकमा पछारिनु भएको छ ।’

स्थायी समिति सदस्य पोखरेलले दाहाल–नेपाल जनतासँग डराएर निर्वाचनबाट भागेको आरोप लगाउनुभयो । उहाँले निर्वाचनमा पार्टीले उच्च जनमत ल्याएर पार्टीलाई पहिलो पार्टी बनाउने दाबी गर्नुभयो । साथै उहाँले बुटवलमा उर्लेको जनसागरले पार्टीको जनमतलाई स्पस्ट पारेको बताउनुभयो ।