२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कठैबरा भन्नुपर्ने मानिसहरु पार्टीबाट बाहिरिएका छैनन्, निराश नहुनुस्– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट कठैबरा भन्नुपर्ने मान्छे पार्टीबाट बाहिरिएको बताउनुभयो ।

बुटवलमा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले कठैबरा भन्नुपर्ने किसिमका मानिस पार्टीबाट नबाहरिएकाले कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभएको छ ।

‘साथीहरु निरा नहुनुस्, पार्टीबाट कठैबरा भन्नुपर्ने मानिसहरु बाहिर गएनन्,’ उहाँले भन्नुभयो, ‘पार्टीमा बसेर समस्या खडा गर्ने, पार्टीको बदनाम गर्ने, पार्टीलाई अनुशासनहीन र आचरणहीन देखाउने, गुटबन्दीलाई बढावा दिनेहरु बाहिरएका हुन् ।’

सरकारका कुनै पनि कामको प्रशंसा नगर्नेहरुले रेडियो, टेलिभिजन र पत्रिकामा गएर आलोचना मात्रै गरेको उहाँको आरोप छ ।