१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भयो– अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा गंगा कार्की विश्वको ‘दुसाध्य जनयुद्ध’ पुस्तक सार्वजनिक गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पुरानो प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादी सोचसहित हमला भएको बताउनुभएको हो ।

अध्यक्ष दाहालले ठूलो बलिदानी पछि प्राप्त उपलब्धी संकटमा परेकाले एकताबद्ध भएर त्यसको रक्षा गर्नुपर्ने बताउनुभयो । जनयुद्धलाई शान्तिमा रुपान्तरण नगरेको भए आफूहरुको जित नहुने उहाँको भनाइ छ ।