१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बढेन सामाजिक सुरक्षा कोषको आकर्षण, २ वर्षमा २ लाख योगदानकर्ता पनि पुगेनन्


0
Shares

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा योगदानकर्ताको आकर्षण देखिएको छैन । निजी क्षेत्रमा आबद्ध श्रमिक वा कामदारलाई विभिन्न सेवा सुविधा दिने उद्देश्यका साथ सुरु गरिएको कार्यक्रममा योगदानकर्ताको आकर्षण नदेखिएको हो ।

नयाँ युगको सुरुवात भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ सुरु गर्नुभएको यस कार्यक्रममा सुरु भएको २ वर्ष बितिसक्दा जम्मा १ लाख ८८ हजार ४ सय ५० जना मात्रै योगदानकर्ता समावेश भएका छन् । २०७५ पुसबाट सुरु भएको कार्यक्रममा हालसम्म १३ हजार मात्रै रोजगारदाता सहभागी भएका छन् ।

हालसम्म सामाजिक सुरक्षा कोषमा योगदानकर्ताबाट ४० अर्ब ५ करोड योगदान रकम संकलन भएको कोषले जनाएको छ । कोषमा हालसम्म बागमती प्रदेशबाट सबैभन्दा बढी योगदानकर्ता ८ हजार ९ सय ४३ रोजगारदाता सहभागी हुँदा १ लाख ४१ हजार योगदानकर्ता सहभागी छन् ।

यस्तै कर्णाली प्रदेशबाट सबैभन्दा कम अर्थात १ सय ६७ रोजगारदाता र ४ सय ६० योगदानकर्ता सहभागी छन् । यस अवधीमा १८ सय ७२ जनाले ३ अर्ब ४९ करोड कुल दाबी भुक्तानी लिइसकेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

सरकारले अनौपचारिक क्षेत्रका कामदारको मातृत्व सुरक्षा, औषधि उपचार तथा व्यक्तिगत सुरक्षाका लागि सुरु गरेको योजनामा अझै सम्म पनि लक्ष्य अनुरुप श्रमिक समावेश गर्न सकेको छैन ।