
धनकुटा । पूर्वप्रधानमन्त्री एवं दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दावनको संज्ञा दिनुभएको छ ।
प्रतिनिसिभा विघटनविरुद्ध शनिबार धनकुटामा भएको कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ओलीलाई आफूले देउता भन्ठानेको भए पनि उनी दानव निक्लेको बताउनुभएको छ ।
अध्यक्ष नेपालले केपी ओलीमा पार्टीको भावना, सामुहिकता र काम गर्ने अठोट नभएकै कारण अहिलेको स्थिति आएको आरोप लगाउनुभयो । विरोध सभा कुनै पद प्रतिष्ठाको लागि नभएर केपी ओली प्रवृति विरुद्धको लडाइँ भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्