८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बस दुर्घटनामा २० जना घाइते


0
Shares

हेटौंडा, साउन ७ । नारायणगढबाट वीरगन्जतर्फ आउँदै गरेको ना५ख ३७०१ नम्बरको बस हेटौंडा–नारायणगढ सडकखन्डको लेबटमा सोमबार मध्याह्न अनियन्त्रित भइ सडकमा पल्टँदा २० जना घाइते भएका छन् ।

घाइतेमध्ये ११ को चुरेहिल अस्पताल र पाँचजनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चार घाइते सामान्य उपचारपछि हेटौंडा अस्पतालबाट घर फर्केको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

बसका चालक रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका–११ बस्ने ३५ वर्षीय कुश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, त्रिभुवन राजपथको हेटौंडा–भैंसे सडकखन्डको बागझोरामा सुक्खा पहिरो हटाइ सोमबार बिहान १० बजेदेखि हेटौंडा–काठमाडौंको यातायात सेवा सन्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बागझोरा सडकमा सोमबार बिहान २ बजे सुक्खा पहिरो गइ सडक अवरुद्ध भएको प्रजिअ चक्रबहादुर बुढाले बताए । रासस