
रुकुम । पूर्वमन्त्री एवं दाहाल–नेपाल समूहको नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले गणतन्त्र, संघीयता र संविधान प्रधानमन्त्री केपी शर्मा ओलीका कारण धरापमा परेको बताउनुभयो ।
२६औं जनयुद्धका अवसरमा गृहजिल्ला रुकुममा आयोजित कार्यक्रमालाई सम्बोधन गर्दै स्थायी समिति सदस्य शर्मा प्रधानमन्त्री ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी जनताको त्याग र बलिदानले ल्याएको उपलब्धी धरापमा पारेको बताउनुभयो । उहाँले संविधान रक्षाका लागि सबै एकजुट हुन पनि आग्रह गर्नुभयो ।
जनयुद्ध दिवसको अवसरमा सानीभेरी गाउँपालिकाले चौथो खुल्ला गुरिल्ला म्याराथन प्रतियोगिता गरेको थियो । प्रतियोगितामा पुरुषतर्फ रुकुम पश्चिमका अर्जुन बस्नेत र महिलातर्फ प्युठानकी हुमि बुढाले म्यारथनको उपाधि हात पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्