२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


बीपी प्रतिष्ठानमा इन्टरनेटमै भ्रष्टाचार


0
Shares

काठमाडौं । जतिसुकै अनियमितता गर्दा पनि कुनै वस्तुको मूल्य बजार मूल्य भन्दा कतिसम्म बढाउन सकिएला ? बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको इन्टरनेटको रेट हेर्नुभयो भने तपाईँ चकित पर्नुहुन्छ ।

नेपाल टेलिकमले प्रति एमबीपिएस २ हजार ६ सय ५२ रुपैयाँ १३ हजार ३ सय ३० रुपैयाँका दरले बिनाप्रतिस्पर्धा किनेको छ । प्रतिष्ठान व्यवस्थापनको उक्त निर्णयमा आशंका गर्दै आन्तरिक छानबिन समिति बनाएको थियो ।

उसले दिएको प्रतिवेदनमा कि संझौता खारेज गर्नुपर्ने कि बढीमा टेलिकमको दरमा झार्नुपर्ने देखिाएको छ । एकपछि अर्को आर्थिक अनियमिततामा फस्दै गएको प्रतिष्ठान फेरि इन्टरनेटमा जेलिएको छ ।

प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीबिच खरिदमा हस्तक्षेप गर्ने दोहोरी छ । एउटाले गरेको निर्णयमा अर्कोले बाधा खडा गर्ने सिलसिलाअन्तर्गत यति ठूलो अनियमितताको पोल खुलेको हो ।

यस प्रकरणमा अनियमितताको प्रश्न उठेपछि रजिस्ट्रार रेग्मीले प्रतिष्ठानका डा.विजय खनालको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेका थिए । अन्नपूर्ण