२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


नेपालमा देखियो नयाँ प्रजातिको कोरोना भाइरस, १३ जनामा भाइरस पुष्टि


39
Shares

काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको छ । यो बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सक हरुको आशंका छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलकाअनुसार दुई हीताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं आएका एक नेपालीमा कोरोना परीक्षण गर्दा नयाँ प्रकारको भाइरस पत्ता लागेको थियो । उनमा एस जिन देखिएको थिएन । ती व्यक्तिको सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबैमा नयाँ भाइरस पुष्टि भएको थियो । नयाँ पत्रिका