
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लिभरपुलमाथि सानदार जित निकालेको छ ।
हिजो भएको खेलमा लेष्टरले लिभरपुललाई ३–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लेष्टरले सानदार जित निकालेको हो । लेष्टरलाई जित दिलाउन जेम्स म्याडिसन, जेमी भर्डी र हार्भे बर्नेसले एक एक गोल गरे ।
लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए । जितसंगै लेष्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेष्टरले २४ खेलमा ४६ अंक जोडेको छ । लिभरपुल ४० अंक जोडेर चौंथो स्थानमा रहेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्