१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


किसानलाई १६ करोड रुपैयाँ अनुदान


0
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले दूध उत्पादनमा प्रोत्साहन दिने उद्देश्यले किसानलाई १६ करोड रुपैयाँ अनुदान दिने भएको छ ।

नियमित रुपमा सहकारीलाई दूध बिक्री गरेको आधारमा प्रतिलिटर २ रुपैँयाका दरले अनुदान रकम दिने प्रक्रिया सुरु गरिएको हो । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले अनुदानको लागि दुग्ध सहकारीहरुलाई प्रस्ताव आह्वान गरिसकेको छ ।

प्रदेशमा रहेका १३ जिल्लामा रहेका दुग्ध सहकारी संस्थाहरुले अहिले भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा प्रस्ताव पेश गरेका छन् । प्रदेश सरकारले बनाएको कार्यविधि पूरा गरेर आउनेहरुलाई सहकारी संस्थाहरुमार्फत अनुदान दिने निर्देशानयले जनाएको छ ।