६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


शिक्षा र स्वास्थ्यमा बालबालिकाको पहुंच बढाउन कार्यक्रम


0
Shares

काठमाडौं । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहले शिक्षा र स्वास्थ्यमा बालबालिकाको पहुंच बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् ।

सुर्खेतको वीरेन्द्र नगरपालिकाले ‘छोरी हुनुमा गर्व छ’ कार्यक्रम सञ्चालन गरेको छ । दैलेखको गुँरास गाउँपालिकाले ‘जिवनको सुरक्षा कोष’ नामको कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

त्यस्तै जुम्लाको पातासारी गाउँपालिकाले बालबालिकाको लागि ‘हितकोष’ नामक कार्यक्रम सञ्चालन गरेको छ । कर्णाली प्रदेश सरकारले पनि ‘बैँक खाता छोरीको सुरक्षा जिवनभरीको’ नामक कार्यक्रम सञ्चालन गरेको छ ।

कर्णालीका ६९ वटा स्थानीय तहरुमा नै यो कार्यक्रम लागू गरिएको छ । बालबालिकाको भविश्य सुनिश्चित गर्नेपर्ने जिम्मेवारी बोधका साथ यस्ता कार्यक्रम सञ्चालनमा ल्याएका स्थानीय तहहरुले जनाएका छन् ।