२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


केएल टावरको ‘भ्यालेन्टाइन’ मेलामा ५० प्रतिशत छुट


0
Shares

काठमाडौं । सपिङ मल केएल टावरमा सामानहरूको खरिदमा ५० प्रतिशत छुटको अफरसहित नौ दिने भ्यालेन्टाइन डे मेला सुरु भएको छ ।

भ्यालेन्टाइन डे को अवसर पारेर ग्राहकले ५ हजार रुपैयाँ भन्दा बढी मूल्यका सामान खरिद गर्दा २ वटा फिल्म टिकट पाउने योजनासहित मेला सुरु भएको हो ।

सबै उमेर समूहका लागि कपडाहरू बिक्रीमा राखिएको तथा कम्पनी र ब्रान्डअनुसार ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको केएल टावरले जनाएको छ । टावरका अनुसार मेलामा ४० भन्दा बढी आउटलेट रहेका छन् ।

मेलामा इलेक्ट्रोनिक्स सामानको स्टलमा मोबाइल, घडी र ब्यागहरूमा पनि छुटको अफर रहेको कम्पनीले जनाएको छ ।

भ्यालेन्टाइन डेलाई लक्षित इभेन्ट्समा कस्टमरका लागि गुलाफका फूल, बेलुन र क्यान्डीहरू फ्रीमा बाँडिएको तथा बालबालिकाका लागि फेस पेन्टिङ पनि राखिएको छ । यस इभेन्ट्सका लागि भ्याली एक्सप्रेसले ५० प्रतिशत छुटका कुपनहरू राखेको जनाएको छ । तस्वीर : गुगल