
काठमाडौं । बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोकामगरले बेवारिसे शव व्यवस्थापनको काम गर्दै आएका विनयजंग बस्नेतविरुद्ध जाहेरी दिनु भएको छ ।
युट्युबमा सपनाका नग्न तस्बिर आफूसँग रहेको र सार्वजनिक गरिदिने धम्की दिएपछि सपनाले बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिनु भएको हो । परिसरका एक प्रहरी अनुसार सपनाको जाहेरी दर्ता भएको छ ।
उहाँकाअनुसार प्रहरी बस्नेतलाई हिरासतमा लिनका लागि अनुमति लिन जिल्ला अदालत गएको छ । अदालतबाट पक्राउ पूर्जी आउनेबित्तिकै बस्नेतलाई पक्राउ गर्ने प्रहरीको तयारी छ ।
यसअघि १८ वर्षीया सपना र बस्नेत मिलेर बेवारिसे शव जलाउने काम गदै आएका थिए । म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्नुहुन्थ्यो । उहाँहरुबिच तिक्तता आएपछि गत कात्तिकमा सपना बस्नेतलाई छोडेर घर फर्किनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्