१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


किशोर र चन्द्रसिंको ‘सानु’मा सोहन र ईभाको रोमान्स (भिडियो)


0
Shares

काठमाडौं । गायक चन्द्रसिं घलेले प्रेम गीत सानू तिम्रो सार्वजनिक गरिएको छ । भ्यालेन्टाईन नम्बर मानिएको सो गीत प्रेम दिवशको अवसरमा युट्युवमार्फत बजारमा ल्याईएको हो ।

गीतमा मिना थापाले चन्द्रलाई स्वरमा साथ दिनु भएको छ । सञ्चारकर्मी किशोर बुढाथोकीको शब्दलाई गायक घलेले संगीत दिनु भएको हो ।

लुमन स्थापितले रेकर्ड गरेको गीतलाई दिनेश श्रेष्ठले संगीतसंयोजन गरेका थिए ।

दीक्षा शर्माको मेकअप रहेको यो प्रेमिल गीतको भिडियोमा सोहन केथोकी र ईभा श्रेष्ठले रोमान्स देख्न सकिन्छ ।

प्रकिष्ट रेग्मी र प्रकाश कुवँरको प्राविधिक साथ रहेको यो गीतको भिडियोलाई शौरभ ढकालले खिच्नु भएको हो । भिडियोलाई शिशिर अर्यालले निर्देशन गर्नु भएको छ ।

सिन्धुपाल्चोक चौताराका स्थायी बासिन्दा चन्द्रसिंले यसअघि राजारानी, साहारा बनिदेउ तिमी, डिस्को डान्स, सुनचाँदी, जय जन्मभूमि जय सिन्धुभूमि जस्ता दर्जनौ हिट गीत बजारमा ल्याईसकेका छन् ।