
मिरा बस्नेत
काठमाडौं । अदालतको अवहेलना मुद्दा लागेका सर्वोच्चका चार पूर्वप्रधानन्यायाधीशहरूले आफ्नो लिखित जवाफ पेश गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नका लागि विज्ञप्ति निकालेको भन्दै अवहेलना मुद्दा लागेको पूर्वप्रधानन्यायाधीशहरू सुशीला कार्की, नबहादुर रायमाझी, अनुपराज शर्मा र कल्याण श्रेष्ठले लिखित जवाफ अदालतमा पेश गरेका हुन् । उहाँहरु आफैँ अदालतम उपस्थित हुनुभएको थियो ।
अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले गत माघ १५ गते अवहेलना मुद्दामा लिखितजवाफसहित आफैँ उपस्थित हुन आदेश जारी गरेको थियो । पूर्वप्रधान्यायाधीश श्रेष्ठले म्याद बुझ्नुका साथै लिखित जबाफ पनि अदालतलाई बुझाउनुभएको छ । उहाँहरुले लिखित जवाफमा आफूहरुको अदालतको अवहेलना गर्ने कुनै मनशाय नरहेको लेख्नुभएको बुझिएको छ ।
रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जवाफ पेश गर्न इजलासले चार पूर्व प्रधानन्यायाधीशलाई निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्