२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


जापानमा खोप अभियान सुरु


0
Shares

काठमाडौं । जापानमा टोकियो ओलम्पिक सुरु हुनु अघि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानका लागि अमेरिकाको फाइजर इंकद्वारा विकसित खोप दिन जापान सरकारले अनुमति दिएको हो ।

जापानमा हालै गरिएको परीक्षण सकारात्मक सावित भएपछि औपचारिक रुपमा खोप अभियानका लागि स्वीकृति दिएको हो ।

जापानले आगामी जुलाईदेखि आयोजना हुने टोकियो ओलम्पिक २०२० अघि १ सय ४४ फाइजर, एस्ट्राजेनिका १ सय २० मिलियन र यही वर्षको अन्त्यमा मोर्डनजाको खोप ५० मिलियन खोपको डोज दिने निर्णय गरेको छ ।

सुरुका चरणमा जापानमा २० हजार फ्रन्टलाइनरलाई दिने जनाएको छ । जापानमा विकसित गरिएको खोप भने सुरुवाती चरणमा रहेको त्यहाँको सरकारले जनाएको छ । एजेन्सी