१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोदालो, ढुङ्गा र चिर्पट प्रहारबाट एकजनाको मृत्यु, ६ जना घाइते


0
Shares

बागलुङ । काठेखोला गाउँपालिका–२ भीमापोखरामा कोदालो, ढुङ्गा र चिर्पट प्रहारबाट एकजनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् ।

मानसिक अवस्था ठिक नभएका सोम बहादुर किसानको आक्रमणबाट स्थानीय यामबहादुर केसीको मृत्यु भएको हो । कोदालो प्रहारबाट घाइते उनको धौलागिरी अस्पताल उपचारका क्रममा मृत्यु भएको हो ।

आक्रमणबाट लक्ष्मी चापागाईं, विष्णुमति चापागाईंको अवस्था गम्भीर छ भने अन्य चार जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । गम्भीर घाइतेलाई पोखरा रेफर गर्ने तयारी भइरहेको छ ।

आक्रमणकारी किसानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।