
एजेन्सी । ‘डियर जीन्दगी’ पछि शाखरुख खान र आलिया भट्ट एकपटक फेरि फिल्म ‘डार्लिङ्ग्स’मा देखिने भएका छन् । तर यसपटक शाखरुख अभिनेताको रुपमा नभएर निर्माताको रुपमा फिल्ममा देखिन लागेका हुन् । शाहरुख र आलियाले पहिलोपटक गौरी सिन्देको फिल्म ‘डियर जीन्दगी’मा काम गरेका थिए, जसलाई सफल फिल्मको रुपमा लिइन्छ ।
अब बन्न लागेको फिल्म ‘डार्लिङ्ग्स’लाई शाहरुख खानको रेड चिल्लिजले निर्माण गर्दैछ र केही समय अघि आलियालाई फिल्मको स्क्रिप्टको बारेमा बताइएको थियो । भारतीय मिडियाका अनुसार आलियाले उक्त फिल्मको लागि तुरुन्त हुन्छ भनेकी थिइन् ।
फिल्ममार्फत जसमीत केरेले निर्देशकको रुपमा बलिउडमा डेब्यु गर्दैछन् । उनले कैयौं फिल्ममा एसोसियट निर्देशक र मुख्य सहायक निर्देशक भएर काम गरिसकेका छन् । उनले यसअघि फोर्स२, फन्ने खां, पति पत्नी औ वो जस्ता फिल्महरु लेखिसकेका छन् । फिल्ममा आलियाको साथमा शेफाली शाह, विजय वर्मा र रोशन म्याथूको पनि अभिनय रहनेछ । फिल्ममा आमा–छोरीको भूमिकामा आलिया र शेफालीले निर्वाह गर्दैछन् ।
‘डार्लिङ्ग्स’ फिल्ममा असाधारण परिस्थितिमा महिलाको अवस्थाको बारेमा देखाइने बताइएको छ । फिल्म २०२१ कै अन्तिममा रिलिज गर्ने तयारीका साथ काम भइरहेको छ । फिल्मको छिट्टै मुम्बईमा सुटिङ पनि सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्