१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जर्मन बुन्डेसलिगाः बार्यन म्यूनिख आर्मिनियासँग भिड्दै


0
Shares

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा सोमबार साविक विजेता बायर्न म्युनिखले घरेलु मैदानमा आर्मिनियासँग प्रतिस्पर्धा गर्दैछ ।

दुई टिमबीचको खेल राति १ः१५ बजे सुरु हुनेछ । घरेलु मैदानमा बायर्न जित निकाल्दै शीर्ष स्थानको अग्रता कायम राख्न चाहन्छ । यता बायर्नलाई हराएर आर्मिनिया रेलिगेसन क्षेत्रबाट माथि उक्लन दाउमा रहेको छ ।

बायर्न २० खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको भने आर्मिनिया १७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।