९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


किबी खेतीमा किसानहरु आर्कर्षित


0
Shares

तेह्रथुम । तेह्रथुममा परम्परागत बालीलाई मास्दै किसानहरु नगदेबालीमा आर्कर्षित भएका छन् । थोरै मेहनत र राम्रो आम्दानी हुने लोभमा पछिल्लो समय किसानहरु व्यावसायिक रुपमा नगदेबाली रोज्न थालेका हुन ।

जिल्लाको ग्रामिण क्षेत्रका किसानहरुले यतीबेला किबी खेती गर्न थालेका छन् । घमाईलो तथा मलिलो माटोमा खेती हुने किबीबाट राम्रै आम्दानी लिने आशाका साथ खेती सुरु गर्न थालेका हुन ।

थोरै क्षेत्रफलबाट धेरै आम्दानी गर्न सकिने यो खेती पछिल्लो समय किसानको रोजाईमा पर्न थालेको हो । स्वाथ्यका लागी पनि राम्रो हुनुको साथै किबी खेतीको लागी पनी उपयुक्त स्थान भएकोले यो खेती रोजेको किसानहरु बताउँछन् ।