
काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरसविरुद्धका खोपको दुई भर्सनलाई विश्व स्वास्थ्य संगठन (डब्लू.एच.ओ)ले आपतकालिन प्रयोगको अनुमति दिएको छ ।
एस्ट्राजेनेका कम्पनीले ठूलो अनुपातमा बनाइरहेको यो खोपलाई कोभ्याक्स कार्यक्रम अन्तर्गत विभिन्न देशहरुलाई दिइनेछ । यस खोपको उत्पादन दक्षिण कोरियाको एस्ट्राजेनेका–एस.के बायो र भारतको पुणेस्थित सीरम इन्सटिच्यूटले गरिरहेको छ ।
कोभ्याक्स कार्यक्रम अन्तगृत डब्लूएचओले सबै देशहरुमा कोरोना खोपको समान पहुँच पु¥याउने प्रयास गरिरहेको छ ।
यसअघि ३१ डिसेम्बर २०२० मा डब्लूएचओले फाइजर–बायोएन्टेकले बनाएको कोरोनाको खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्