१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लाङटाङ राष्ट्रिय निकुञ्जमा महाहन्ट अप्रेसन सुरु


0
Shares

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले फागुन महिनाको पहिलो साताबाट महाहन्ट अप्रेसन सुरु गरेको छ ।

निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी शिकार नियन्त्रणका लागि महाहन्ट सञ्चालन गरिएको हो ।

वनजन्य सामग्रीको अवैध ओसारपसार नियन्त्रण गरेर दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्नका लागि चार महिना सम्म निकुञ्जका मुख्य क्षेत्रहरुमा अभियान सञ्चालन हुने प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले जानकारी दिनुभएको छ ।

अप्रेसनका लागि थप तीन वटा अस्थायी पोष्ट स्थापना गरी विशेष अभियान अन्र्तगत महाहन्ट सञ्चालन गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा एक हजार भन्दा बढी वनस्पति, ४६ प्रकारका स्तनधारी जनावर, २ सय पचास भन्दा बढी पंक्षी, तथा ५८ प्रकारका पुतली पाइन्छन् ।

निकुञ्जले हरेक बर्ष विशेष अभियान अन्र्तगत महाहन्ट सञ्चालन गरिएको हो ।