
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले चाँडै नै संयुक्त आन्दोलनमा दलहरू जाने दावी गर्नुभएको छ ।
गृहजिल्ला चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले संसद विघटनविरुद्ध संयुक्त रुपमा आन्दोलन गर्न दलहरुसँग छलफल भइरहेको बताउनुभएको हो ।
चितवनको भरतपुरमा निर्माणाधीन सिटी हलको निरिक्षण गर्दै उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको बताउनुभयो ।
अध्यक्ष दाहालले संविधानलाई सही ट्रयाकमा ल्याउन आन्दोलन गर्नुपरेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा असंवैधानिक कदमबाट ओलीले प्रतिनिधिसभा विघटन गरेको उहाँको तर्क छ ।
अवैधानिक चुनाव नगर्न उनले आग्रह गर्दै उहाँले प्रतिनिधिसभा पुनसर््थापना हुने विश्वास व्यक्त गर्नुभयो ।
अदालतले संसद पुर्नस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दावी नरहने भन्दै अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षीलाई प्राथमिकतामा राखिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्