
फाइल तस्वीर ।
काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी भएको छ । मंगलबार सुन तोलामा २ सय बढ्दा चाँदी २० रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुन ९० हजार ९ सय र तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य १ हजार ३ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रति औंस २.२९ डलर बढेको छ । आज अन्तर्राष्ट्रिय बजारम सुन प्रति औंस १८ सय २१ डलर ५९ सेन्टमा कारोरबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्