१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मजदुरले रोके रसुवागढी जलविद्युत् आयोजनाको काम


39
Shares

रसुवा । गोसाइकुण्ड गाउँपालिकाको टिमुरेमा निर्माणाधीन १ सय ११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको काम मजदुरहरूले तेस्रो दिन पनि ठप्प पारेका छन् ।

चिनियाँ ठेकेदार सीडब्लुई कम्पनीले दुई महिनाभन्दा बढीको पारिश्रमिक नदिएको र कामको समयसमेत घटाएकाले कार्यालयमा ताला लगाइ काम बन्द गरेको मजदुरले बताएका छन् ।

दैनिक दश घण्टा काम गर्न पाउनु पर्ने र समयमै आफूहरूको पारिश्रमिक भुक्तानी गरेमा काममा फर्कने मजदुरहरूको भनाइ छ ।

रसुवागढी जलविद्युत आयोजनाका प्रमुख छबी गैरेले चिनियाँ ठेकेदार कम्पनीले भुक्तानीका लागि आवश्यक कागजात ढिलो पेस गरेकाले प्रक्रिया लम्बिएको बताउँदै कामदारको पारिश्रमिक दिन थालिएको जानकारी दिनुभयो ।